काठमाडौं । बाँकेको नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल टुङ्गो लागेको छ । खेलकुद मन्त्री जगत विश्वकर्मा सहित बसेको प्रतियोगिताको मुल आयोजक समारोह समितिको बैठकले प्रतियोगिताको खेल स्थलबारे निर्णय गरेको हो ।
क्षेत्रिय खेलकुद विकास समितिले प्रस्ताव गरेको खेलस्थललाई मुल आयोजक समारोह समितिले औपचारिक रुपमा निर्णय गरेको छ । क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले प्रतियोगिताको प्रस्तावित खेलस्थलको लगभग टुङ्गो लागेको खेलपाटीलाई बताए ।
‘अब बोर्ड बैठकबाट यसको अन्तिम निर्णय हुनेछ । हामीले प्रस्ताव गरेको खेलस्थललाई विभागीय मन्त्री सहितको मुल आयोजक समारोह समितिले पास गरेको छ ।’ उनले भने ।
प्रतियोगिताका अधिकांश खेल बाँके जिल्लाका विभिन्न खेलस्थलमा हुनेछ । प्रतियोगिताका केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत हुनेछ ।
बैठकले नेपालगञ्ज रंगशालालाई स्तरोन्नती गर्दै ३ महिनाभित्र फोल्डिङ प्याराफिट बनाउने निर्णय गरेको छ । साही रंगशालामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रम गरिनेछ ।
बैठकको निर्णय अनुसार पुरुष फुटबल सहित एथ्लेटिक्सका विभिन्न स्पर्धा बाँकेको नेपालगञ्ज रंगशालामा हुनेछ ।
मुल आयोजक समारोह समितिले गरेको निर्णय अनुसार बाँकेमा विभिन्न खेल स्थलमा १७ वटा खेलहरु हुनेछन् । बर्दियामा ४, दाङमा ७, कपिलवस्तुमा १ र रुपन्देहीमा ४ खेलहरु आयोजना हुनेछन् ।
प्रतियोगितामा आगामी मंसिर २१ देखि २८ सम्म बाँकेको नेपालगञ्जमा सुरु हुदैछ ।
कुन खेल कहाँ ?