काठमाडौं । दाङको तुलसीपुरलाई नेपालकै पहिलो स्पोर्ट्स सिटी घोषणा गरिएको छ ।
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव केशवकुमार विष्ट, स्थानिय खेलकुदका पदाधिकारीलगायतको उपस्थितिमा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डले एक कार्यक्रमबीच तुलसीपुरलाई नेपालको पहिलो स्पोर्ट्स सिटी घोषणा गरे ।
राखेपले तुलसीपुरलाई स्पोर्ट्स सिटीका रुपमा विकास गर्न सम्भाब्यता अध्ययनका लािग कार्यदल गठन गरेको थियो । साे कार्यदलले प्रतिवेदन समेत तयार गरिसकेको छ । उक्त प्रतिवेदन मेयर पाण्डेलाई सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।