एजेन्सी । वाट्फोर्डका ब्राजिलियन विंगर रिचर्लिसन एभर्टनमा आबद्द भएका छन् । बिहिबार राति रिचर्लिसनलाई एभर्टनले पाँच बर्षको लागि क्लबमा अनुबन्ध गरेको छ ।
एभर्टनले रिचर्लिसनलाई ५० मिलियन पाउण्डमा क्लबमा अनुबन्धित गरेको हो । एभर्टनका प्रशिक्षक मार्को सिल्भा नियुक्त भएपछि वाट्फोर्डबाट रिचर्लिसन एभर्टन आएका हुन् । एभर्टनका प्रशिक्षक सिल्भा गत सिजन वाट्फोर्डका प्रशिक्षक रहेका थिए ।
ब्राजिलको यु–२० टोलीबाट खेलिसकेका २१ बर्षिय रिचर्लिसनले गत सिजन वाट्फोर्डबाट प्रिमियर लिगको सुरुवाती १२ खेलबाट ५ गोल गरेका थिए । तर, गत नोभेम्बरबाट उनले गोल गर्न सकेका छैनन् ।
एभर्टनमा अनुबन्धित भएपछि रिचर्लिसनले क्लबमा आफु सफल हुने । यस्तै रिचर्लिसनले इंग्ल्यान्डका ठुला क्लबबाट फुटबल खेल्ने सपना पुरा हुँदै गएको बताए ।