काठमाडौं । अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटीका अध्यक्ष एन्ड्रयू पर्सन नेपाल आई पुगेका छन् । अध्यक्ष एन्ड्रयू शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् ।
नेपाल पाराओलम्पिक कमिटीका अध्यक्ष राधा घलेलगायय कार्य समितिका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरेका थिए ।
ब्राजिलका एन्ड्रयुले एसिया टुर गर्ने क्रममा जापान हुँदै काठमाडौं आइपुगेका हुन् । उनी काठमाडौंबाट भुटान जाने कार्यक्रम रहेको नेपाल पारालम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ शिवाकोटीले बताए ।
नेपालमा पारा खेलकुदको अवस्था र खेलाडीको अवस्थाको विषयमा बुझ्ने उद्देश्यले उनी काठमाडौं आएका हुन् । नेपालले जापानमा हुने पाराओलम्पिकमा गरेको तयारीको विषयमा छलफल हुने बताइएको छ ।
नेपाल पाराओलम्पिक कमिटीको बोर्ड बैठकलाई समेत एन्ड्रयुले सम्बोधन गर्ने कार्यक्रम रहेको पाराओलम्पिक कमिटीका राष्ट्रिय पारा पावरलिफ्स्टिङ संघका अध्यक्ष टेकबहादुर गुरुङले बताए ।
२०१७ बाट एन्ड्रयु पाराओलम्पिक कमिटीका अध्यक्ष रहेका छन् ।