काठमाडौं । नेपाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने सात खेलाडीलाई ह्याम्स हस्पिटलले सम्मान गरेको छ । हस्पिटलले शनिबार एक कार्यक्रमकाबीच सात खेलाडीलाई सम्मान गरेको हो ।
हस्पिटलले एसियाली शारीरिक सुगठनका स्वर्ण विजेता महेब्वर महर्जन, दक्षिण एसियाली उसुका स्वर्ण विजेता राजकुमार रसाइली, मिक्स मार्सल आर्टसका सन्तोष साउद, बक्सिङका म्याक्स बस्नेत, भलिबल खेलाडी कमला पुन, स्क्वासका भावना सुनुवार र साम्बो खेलाडी कृष्णलाल तामाङलाई सम्मानित गरेको हो ।
खेलाडीहरुलाई मण्डिखाटार स्थित हस्पिटलको नवनिर्मित भवनमा हस्पिटलका अध्यक्ष रामशरण भण्डारी, वरिष्ट मुटुरोग विषेशज्ञ डा. भगवान कोइराला, डा. भाष्कर राज पन्त लगायतले सम्मान गरेका थिए ।
अत्याधुनिक चिकित्सा प्रविधिका साथ स्थापना भएको ह्याम्स हस्पिटलले खेलकुद चिकित्सा र खेलका दौरान खेलाडीले ब्यहोर्न सक्ने सम्भावित इन्ज्युरीमा विषेश ध्यान राख्ने उद्धेश्य रहेको छ ।