काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा दुई खेल थपिने भएको छ । काठमाडौंमा शनिबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औं सागमा क्रिकेट र प्याराग्लाइडिङ थप गर्ने निर्णय गरेको हो ।
सरकारले क्रिकेट र प्याराग्याईडिङ खेल थप्न नेपाल ओलम्पिक कमिटिलाई प्रस्ताव गरेको थियो । सोही आग्रह अनुसार नेपाल ओलम्पिक कमिटका अध्यक्ष जिवनराम श्रेष्ठले काउन्सिलको बैठकमा खेल थप सम्बन्धित प्रस्ताव गरेका थिए । श्रेष्ठको प्रस्तावमा सदस्य राष्ट्रले सहमती जनाएपछि थिए ।
यस अघिको काउन्सिलको बैठकले १३ औ सागमा २५ खेल राख्ने निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले लोकप्रियताको हिसावमा क्रिकेट र पदकको सम्भावनाको हिसावमा प्याराग्याईडिङ थप्ने निर्णय भएको खेलपाटीलाई बताए ।
साग खेलमा क्रिकेट दोस्रो पटक र प्याराग्लाइडिङ पहिलो पटक समावेश गरिएको हो । क्रिकेटमा ओलम्पिक खेलकुद सरहको यु-२३ टोलीले खेल्ने छन् ।
अब नेपालमा हुने साग गेम्समा २७ खेलमा प्रतिस्पर्धा हुने भएको छ । यसअघिको बैठकले १३ औ सागमा २५ खेल समावेश गर्ने निर्णय गरेको थियो । साग गेम्स अर्को बर्ष मार्च ९ देखी १८ सम्म काठमाडौं र पोखरामा हुदैछ ।
१३ औं सागमा कुन कुन खेल समावेश ?
भलिबल
फुटबल
क्रिकेट
एथलेटिक्स
बास्केटबल
बक्सिङ
आर्चरी
तेक्वान्दो
कराते
ब्याडमिण्टन
साइक्लिङ
फेन्सिङ
प्याराग्लाइडिङ
ह्याण्डबल
जुडो
उसु
कबड्डी
सुटिङ
स्क्वास
पौडी
टेनिस
टेबल टेनिस
ट्रायथलन
भारोत्तोलन
कुस्ती
खो खो
गल्फ