काठमाडौं । राष्ट्रिय पारा पावरलिफ्टीङ संघको आयोजनामा पारा महिला पावरलिफ्टीङ प्रशिक्षण आईतबार सम्पन्न भएको छ ।
नेपालमा पारा महिला पावरलिफ्टीङ खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा नेपालका कम्मरदेखि मुनिका भाग कमजोर रहेका करिव २५ पारा खेलाडी र प्रशिक्षकहरुले तीन दिन सम्म सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण लिएका थिए ।
प्रशिक्षार्थीहरुलाई अन्तराष्ट्रिय टेक्निकल अफिसियल मलेसियन नुर साहिदा माट शाहले सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरेकी थिईन् ।
ठमेलस्थित मर्साङदी होटलमा भएको कार्यक्रममा सहभागी खेलाडी तथा प्रशिक्षकहरुलाई नेपाल पारा ओलम्पिक संघकी अध्यक्ष एवं ३ नं प्रदेशकी साँसद, नेपाली काँग्रेसकी सचेतक राधा घलेले प्रमाण पत्र प्रदान गरिन् ।