शुक्रबार, ०९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

रोहितका ‘पर्फेक्ट’ मेन्टर !

शनिबार, ३२ श्रावण २०७६हेम राज हमाल
रोहितका ‘पर्फेक्ट’ मेन्टर !
mustang rice ad

काठमाडौं । गत वर्ष ईन्डोनेसियामा एसियन गेम्सको आयोजना भएको थियो । नेपाल त्यसमा सहभागी थियो ।

जाकार्ता पुग्ने सबैले आफु नेपालबाट आएको भन्दै परिचय दिन्थे । जाकार्ता शहरमा भेटिने ट्याक्सी ड्राईभरदेखि गल्ली गल्लीमा भेटिने ईन्डोनेसियाली भने नेपाललाई रोहितको देशको नामले चिन्थे । रोहित अर्थात रोहित चन्द । नेपाली फुटबलले पाएको अहिलेसम्मकै ठुला स्टार ।

भनिन्छ, ईन्डोनेसियामा नेपाल भन्दा रोहित चन्दको नाम धेरै लोकप्रिय छ । जाकार्ताको चोक चोक अनि गल्ली गल्लीमा रोहित पुकारिन्छन् । धेरैले रोहितको नामबाट नेपाल चिन्छन् । ईन्डोनेसियाको लिग एसियाली क्लब फुटबलको उच्च कोटीको मानिन्छ । अनि गत सिजन रोहित त्यही लिगको सर्वोकृष्ट खेलाडी बनेका थिए ।

दक्षिण एसिया बाहिरबाट लिग खेल्ने र उपाधि जित्ने उनी पहिलो नेपाली फुटबलर बने । अनि लिगको सर्वोकृष्ट खेलाडी चुनिदै आफुलाई अब्बल दर्जाको फुटबलरको रुपमा स्थापित गरे ।

राष्ट्रिय टिम र क्लब फुटबलको रोहितले पाएको सफलता रुमानी कथा जस्तै लाग्छ ।

पश्चिम नेपालको सुर्खेत हुँदै काठमाडौ अनि ईन्डोनेसियासम्मको व्यवसायीक फुटबलको यात्रा रोहितले एक्लै र सजिलै तय गरेका भने हैनन् ।

रोहितका पछाडी एक त्यस्ता पात्र छन् । जो सधै रोहितको खेल जिवनको छायाँ बनेर रहे । घाम चर्किदाँ छहारी दिए, पानी बर्सदा ओत ।

रोहितको जिवनका अनेकौ आरोह अवरोहमा साथ मात्र रहेनन्, पर्दा पछाडी रहेर उनको फुटबल करियरको चित्र कोर्न सधै उद्यत रहे ।

त्यो ब्यक्ति अरु कोही नभएर रोहितका दाजु रविन चन्द थिए ।

यो आलेख रोहितले तय गरेको फुटबल यात्रा अनि यो यात्रासंग जोडिएर आउने रविनमा केन्द्रित छ ।

रविनको पहाड घर दैलेख हो । उनीहरु सानैमा सुर्खेत झरे । बाबु भारतीय लाहुरे थिए । सानैनै भारत जाने अवसर पाए । रविनका बाबा फुटबल खेल्थे ।

बाबाको खेल हेर्दै रविनले समेत फुटबल खेल्न थाले । अरुको सिको गर्दै प्लाष्टिकको बलमा साथीहरु झम्मिन थाले । बिस्तारै अरुले खेल हेर्दै रविनले समेत फुटबल हान्न सिके ।

भारतमा क्रिकेटका माहोल हुने भै हाल्यो । तर नेपाली समुदायबीच फुटबल लोकप्रिय थियो ।

उनी घरको ठुलो छोरा थिए । हजुर बुवा र आमा सुर्खेत बस्थे । अब उनी भारतबाट सुर्खेत फर्कन पर्ने भयो । अनि उनको पढाईसंगै बाल्यकाल सुर्खेतमै बित्यो ।

पश्चिम नेपालको पहाडी जिल्ला सुर्खेत खेल्न संस्कृतिको विकास भईसकेको थिएन । खेलकुदमा सिक्ने, सिकाउने चलन थिएन । रविनले साथीसंगै चौबाटोमा खेल्दै बाल्यकालको समय गुजारे । वडा, नगर हुदै जिल्ला स्तरसम्म फुटबल खेल्न पुगे । सबैले चिन्न थाले । सिनियरसंग दोस्ती जम्न थाल्यो । अनि सिनियर टिमबाट समेत उनले थुप्रै जिल्लास्तरीय प्रतियोगिता खेले ।

उनी एक पटक एन्फाको जिल्ला छनोटमा समेत देखिएका थिए । दाजु रविनको खेल र उमेर दुवै मिलेको थियो । तर उनलाई धेरै उचाईको कारण देखाउँदै छनोटबाट फालियो ।

‘सायद एन्फाको छनोट परेका भए फुटबलमा मेरो कथा बेग्लै लेखिने थियो ।’ रविन सम्झिन्छन् ।

रविनले उमेर समुहको क्रिकेट समेत खेले । उनी क्रिकेटमा समेत अब्बल थिए । उनले जिल्लाबाट यु-१५, यु-१६ र यु-१७ समेत खेले । उनले ‘प्लस टू’मा समेत क्रिकेटलाई निरन्तरता दिए । क्षेत्रिय छनोट हुदाँ सुर्खेतले पाउने कोटामा उनको नाम सधै हुन्थ्यो । तर उनी फुटबलमा जस्तै क्रिकेटमा समेत कहिल्यै जन्म सकेनन् ।

‘मैले खेल्ने र प्रमाणीत गर्ने खासै अवसरनै पाईन भन्ने लाग्छ ।’ रविन भन्छन् ।

खेलकुदमा रविनको करियरले खासै गति लिन सकेन । तर पढाईमा उनी तेज थिए । उनी प्लस टूमा जिल्ला ‘टपर’ भए ।

नगर र कलेजले सम्मान गर्यो । घरबाट समेत पढाईमा लाग्न सुझाव आयो ।

उनी काठमाडौं आए । बीबीए पढ्न थाले । खेल अब बन्द भईसकेको थियो । तर कलेज खेलकुद प्रतियोगिता हुदाँ उनको खुट्टा चिलाईहाल्ने ।

उनी ईन्टर कलेज फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी बने । रविनको खेल देखेर संकटा क्लबका एक जना प्रतिनिधिले उनलाई क्लबमा प्रशिक्षण गर्ने अवसर जुटाईदिए ।

रविन बिहान बिहानै टुँडिखेल पुगेर अभ्यास गर्थे । उनी ए डिभिजन लिग खेल्न पाउने आशमा थिए । रविनले बीबीए सकेपछि फ्रेन्ड्स क्लबमा ट्रायल समेत दिएका थिए ।

तर ६० सालपछिको सुरुवाती बर्षमा एन्फाभित्र फुटबल व्यवस्थापनमा पुन विवाद देखिन थाल्यो ।

त्यही समय उनलाई ‘ईन्टर्न’ गरिरहेको बैंकले जागिर गर्न बोलायो ।

त्यो समय लिग हुने-नहुने टुङ्गो थिएन । फुटबल अनिश्चित बनेको थियो । उनले समेत अनिश्चित भविष्यको यात्रा भन्दा बैंकको जागिरनै सही ठाने । दिन वित्दै थिए । लहैलहैमा जागिर सुरु गरेका थिए । बैंकको नियमित ९-५ को जागिरमा उनी अभ्यस्त हुन थाले ।

उता विस्तारै रोहित राष्ट्रिय टिमबाट उदाउन थाले । उनको व्यवसायीक फुटबल करियरले एकपछि अर्को उडान भर्दै थियो । अब भाईको फुटबल करियरलाई व्यवस्थापन गर्ने जिम्मेवारी दाजु रविनमा आईलाग्यो ।

जागिर एकातिर थियो, अर्को तिर भाई रोहितको व्यवस्थापनको जिम्मेवारी ।

फुटबलमा केही गर्ने हुटहुटी उनमा अझै बाँकी थियो । उनले आफ्ना सपना र जिम्मेवारी भाई रोहितको नाममा सारिदिए । जब मानिसका आफ्ना सपना पुरा हुदैन, अनि त्यो सपना आफ्नो सन्तती र परिवारमा खाेज्ने रहेछ ।

एक हिसावले रविनले आफ्ना अधुरा र अपुरा सपना रोहितमा देख्न थाले ।

रोहितलाई रोहित चन्द बनाउने सपना सहित रविनले भाईको करियरको व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी आफैले लिए ।

फुटबलमै केही गर्ने सपना सहित उनले बैंकको जागिर छाडिदिए ।

दाजु रविनको भन्दा भाई रोहितको फुटबल यात्रा भने राेमाञ्चक बन्याे । 

रोहित सानैबाट दाजु भन्दा छुट्टै बसे । सानो छदाँ खेल्न नपाएको महशुश रविनले गरेका थिए । उनले समेत विस्तारै रोहितलाई संगै राखेर खेलाउन थाले ।

टोल वरपरका बच्च जम्मा पारेर रविन फुटबल खेलाउथे । तर विजेता सधै भाई रोहितनै निस्कन्थे । त्यही समय हो रविनले भाईको फुटबल स्तरलाई चिनेको । रोहित सानैबाट सिनियरसंग जुँधेर खेल्ने स्वभावका थिए ।

घरका कान्छा थिए, रोहित । कान्छो छोरा भएपछि पुल्पुलिने स्वभाव हुनेनै भो । उस्तै जिद्वी थिए । तर जब मैदानमा उत्रिन्थे, उनको हाउभाउनै परिवर्तन देखिन्थ्यो । उनी खेलमा निकै ध्यान दिएर खेल्ने गर्थे ।

रोहित ६ कक्षामा पढ्थे । त्यही समय एन्फा एकेडेमीको यु १२ छनोट टोली सुर्खेत पुगेको थियो । एन्फाको प्रराम्भिक छनोटमा रोहित पर्न सफल भए । उनी काठमाडौ आएर प्रशिक्षणमा बसे । तर अन्तिम चरणमा आएर उनी फालिए ।

त्यसको दुई बर्षपछि पुन एन्फाको अन्डर १४ को छनोट टिम सुर्खेत आएको थियो । रोहितको जिल्ला स्तरीय परिक्षा आउने समय थियो । घरका सबै रोहितलाई काठमाडौं पठाउन हुदैन भन्नेमा एकमत थिए । तर रविनलेनै जिद्वि गरेर रोहितलाई काठमाडौं लैजानुपर्ने अड्डी कसे । रविनकै जोडबलमा बाबाले नै रोहितलाई लिएर काठमाडौं आए ।

करिब हप्तादिनको ट्रायलपछि उनी एन्फा एकेडेमीमा छनोट भए । एक प्रकारले चन्द परिवारले सन्तुष्टिको आभाष गरेको थियो । भाईको छनोटले रविनलाई समेत ठुलो खुसी दिएको थियो ।

एन्फा एकेडेमीमा रोहितको फुटबल यात्रा सुरु भयो । तर उनी सधै सी टिममा मात्र रहन्थे । करिब एक बर्ष बितेको थियो । उनी माथि उक्लिन सकेका थिएनन् ।

बिस्तारै अब रोहित एन्फा एकेडेमीबाट निकालिने खबर आयो । त्यो क्षण चन्द परिवारका लागि निकै पिडादायी थियो । रोहित आफै समेत निकै चिन्तित थिए ।

एन्फा एकेडेमीको यु-१४ टिम पाकिस्तानमा फेस्टिबल खेल्ने तयारीमा थियो । एन्फाले २४ खेलाडी राखेर बाँकी ४ जना खेलाडी फाल्ने तयारी गरेको थियो । रोहित एकेडेमी बाहिर निस्कने खेलाडीको सुचिमा परेका थिए ।

रोहित निस्कने भएपछि चन्द परिवार त्यसका लागि तयार बन्यो । रोहितलाई बाहिरै राखेर फुटबल सिकाउने कुरामा सबैको मत थियो । तर पाकिस्तान जाने टोलीमा नपरेपनि रोहित अन्तिम समयमा एन्फामै रहने भए ।

त्यो समय एन्फा एकेडेमीको प्रशिक्षकमा किशोर केसी थिए । रोहितमा परिवर्तन ल्याउन केसीले ठुलो सहयोग गरेको रविन अहिले सम्झिन्छन् । लगत्तै नेपालले सुब्रतो मुखर्जी कप खेल्ने मौका पायो । रोहितले पनि खेल्ने मौका पाए । प्रतियोगितामा रोहितले राम्रै खेले ।

लगत्तै नेपालले एएफसी अन्डर-१६ च्याम्पियनसिप खेल्ने भयो । रोहितका त्यो पहिलो आधिकारिक प्रतियोगिता थियो ।

प्रतियोगितामा रोहितले गज्जव खेले । आफुलाई उत्कृष्ट प्रमाणित गर्न सफल भए ।

जब प्रतियोगिता सकेर रोहित नेपाल फर्किए । सबैले उनको प्रसंसा गरे । प्रशिक्षकले समेत रोहितको खुलेर तारिफ गरे ।

त्यसपछिको एक बर्षमा रोहितले आफुलाई निकै परिवर्तन गरेका थिए । उनको खेल्ने शैली, व्यवहार र बोलाईमा परिवर्तन आएको थियो ।

सफलताको भोक उनमा प्रष्ट देखिन्थ्यो । सपना प्राप्तीको हुटहुटीले उनलाई थिचेको थियो । केही गर्छु भन्ने ईख र गरेर देखाउन पर्छ भन्ने संकल्प उनमा देखिन्थ्यो ।

राजनीतिक परिवर्तन लगत्तै २०६३ पछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भएका थिए ।

एन्फाले प्रधानमन्त्रीको नाममा अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गरेको थियो । नेपालले दुई टिम तयार बनाएको थियो । पहिलो रोजाईको रातो र दोस्रो रोजाईको निलो टिम तयार बनाएको थियो । रोहित निलोमा थिए ।

प्रतियोगिता नेपालको रातो टिमले जितेको थियो । तर निलो टिमबाट मैदान उत्रिएका रोहितले घरेलु फुटबलमा आफुलाई चिनाउन सफल रहेका थिए ।
लगत्तै नेपालले सन् २००९ को एएफसी च्यालेन्ज कप खेल्ने भयो । ६० जनाको प्रारम्भिक टोलीको नाम सार्वजनीक भयो । पहिलो पटक रोहित राष्ट्रिय टिमको प्रारम्भिक टोलीमा छनोट भए ।

रोहित राष्ट्रिय टिमको अन्तिम छनोटमा पर्ने कुरा निकै टाढाको बिषय थियो । तर उनी उत्कृष्ट ३० भित्र पर्दिए हुन्थ्यो भन्ने परिवारको कामना थियो ।
नभन्दै रोहित शीर्ष ३० भित्र पार्न सफल रहे ।

अब परिवारको आश समेत बढ्दै गयो । खेल्न नपाएपनि राष्ट्रिय टिममा पर्दिए हुन्थ्यो भन्ने परिवारलाई लाग्न थालेको थियो । नभन्दै उनी पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल रहे ।

च्यालेन्ज कप घरेलु मैदानमा हुदै थियो । पहिलो खेल नेपालले प्यालेस्टाईनविरुद्व खेल्दै थियो । राष्ट्रिय टिमका सबै खेलाडी फिट थिए, फर्ममा थिए अनि रोहित भन्दा सिनियर पनि ।

त्यो समय रविन र रोहितबीच कुराकानी हुन्थ्यो ।

‘मौका त मिल्दैन । तर कहि कतै वैकल्पिक खेलाडीको रुपमा मैदान छिर्न पाउछस कि ?’ रविन भाईलाई आशा देखाउँथे ।

त्यो समय राष्ट्रिय टिमको ‘लेफ्ट ब्याक’मा अन्जन केसी थिए । प्रतियोगिता सुरु हुने तीन दिन अघि उनले चोट बोक्न पुगे ।

अब रोहितको विकल्प थिएन । राष्ट्रिय टिममा पहिलो पटक परेका रोहितले पहिलो खेलमा प्लेईङ सेटमा रहेर डेब्युको मौका पाए । र पुरै समय मैदानमा बिताए ।

पहिलो पटक राष्ट्रिय टिममा परेका रोहितले जवरजस्त प्रर्दशन गरे ।

त्यसपछि रोहितले राष्ट्रिय टिममा कहिल्यै पछाडी फर्केर हेर्न परेको छैन ।

त्यसको एक बर्षपछि साफ फुटबलको समय थियो । राकेश श्रेष्ठ कप्तान थिए । उत्तिकै अनुभवी खेलाडी पनि थिए, राकेश । खेल जिवनको अन्तिममा रहेका राकेश सन्यासको तयारीमा थिए ।

फेरी प्रतियोगिता अघि राकेशले चोट बोके । अब रोहितले ‘राईट ब्याक’को जिम्मेवारी पाए । रोहितले त्यो ठाउँ के लिए, त्यसपछि राकेशले कहिल्यै मौकै पाएनन् । त्यसपछि रोहित लामो समय राष्ट्रिय टिमको सेन्टर ब्याक बने ।

क्लबको करियर

राष्ट्रिय टिममा १६ बर्षको उमेरमा प्रवेश पाएका रोहितले क्लब फुटबलमा भने धेरै संघर्ष गरे ।

६६ सालको लिगमा एन्फाले सबै क्लबलाई एकेडेमीका खेलाडी बाँडेको थियो । रोहित त्यो समय मछिन्द्रमा परेका थिए । एन्फा आफैले खेलाडीको तलब तोकिदिन्थ्यो । रोहितले ८ हजार ५ सयबाट क्लब करियर सुरु गरे ।

रोहित ‘सेन्टर ब्याक’ थिए । मछिन्द्रले लिगमा खासै राम्रो नतिजा ल्याउन सकेन । तर लिगमा धेरै बराबरी खेल्ने टिम मछिन्द्रनै बन्यो । त्यसको श्रेय रोहितले पाए । उनी लिगको सर्वोकृष्ट डिफेन्डर चुनिए ।

हरेक खेलाडीको सपना हुन्छ । विदेशबाट खेल्ने ।

रोहितलाई दोस्रो सिजन मनाङले मासिक ४० हजारमा अनुबन्धन गर्यो । रोहितले हस्ताक्षर समेत गरेका थिए । तर त्यही समय उनले भारतीय आईलिग क्लबमा ब्रेक पाए । उनलाई एचएएल क्लबले ८० हजार भारुमा १० महिनाका लागि अनुबन्धन गर्यो । क्लबले राम्रो गर्न नसकेपनि रोहितले ब्यक्तिगत रुपमा राम्रो खेले ।

दोस्रो सिजन भने खासै राम्रो भएन । दाजु रविनले नयाँ विकल्प हेरिरहेका थिए । तर भेटिरहेका थिएनन् । फेरी सोही क्लब एनएएलले मासिक १ लाख २८ हजार भारुमा ६ महिनाका लागि अनुबन्धन थप्यो । रोहितले करिब डेढ बर्ष आईलिगमा बिताए ।

रविनले त्यसपछि पुन रोहितका लागि अवसर नखोजेका हैनन । तर अन्य क्लबले पत्याएनन् ।

नेपाली खेलाडीले एसिया कोटामा भिड्न पर्ने हुन्छ । क्लबहरु एसियन कोटाका लागि जापान, कोरिया र अष्ट्रेलियाका खेलाडी ताक्छन् ।

बाहिरको क्लब पाउन गाह्रो भईसकेको थियो । त्यसपछि उनी ईन्डोनेसिया हानिए । डेढ दुई महिना बस्दा समेत क्लब पाएका थिएनन् । उनी सुरुमै ठुलो क्लबसंग गएका थिए । भर्खरका रोहितलाई क्लबले पत्याएन ।

रविनले अब भने भाईका लागि सानो क्लब हेर्ने व्यवस्था मिलाए । सुपर लिग खेल्ने तर तलको क्लबहरु एजेण्टले खोज्दै थिए ।

तर तीन चार हप्ता लगातार बस्दा रोहित दिक्क भईसकेका थिए । उनी नेपाल फर्कन चाहन्थे । तर दाजु रविनले निकै सम्झाउँदै केही समय बस्न आग्रह गरे ।
लगत्तै उनले २८ सय डलरको नयाँ क्लब पाए । अनि उनको ईन्डोनेसियामा व्यवसायीक उडान सुरु भयो । लिगको सूरुवाती ६ महिना क्लबले नतिजा ल्याउन सकेन तर रोहितको व्यक्तिगत प्रर्दशन राम्रो बन्यो ।

उसैपनि ईन्डोनेसियाको फुटबल एसियाका ठुला एजेण्टको आँखा लाग्ने ठाउँ हो । धेरै एजेण्टले रोहितमा आँखा लगाए । त्यही समय पर्सिजाले रोहितलाई अफर गर्यो ।

उनकै उत्कृष्ट प्रर्दशनका आधारमा पर्सिजाले उपाधि जित्यो । रोहितले सर्वोकृष्ट खेलाडीको अवार्ड पाए ।

लिगको ईतिहासमा एसियन कोटाबाट खेल्ने कुनै खेलाडीले सर्वोकृष्ट अवार्ड पाएका थिएनन्, रोहितले ईन्डोनेसियामा ईतिहास रचे ।

लगत्तै दोस्रो बर्ष झण्डै दोब्बर मुल्यमा रोहित पर्सिजामा अनुबन्धित भए ।

राेहितलाई विदेशी क्लब खाेज्ने समय नविन चित्राकार, विप्लप गाैतमले सधै सहयाेग गरे ।   

 

रोहितको कालो दिन 
सन् २०१३ को साफ च्याम्पियनसिप काठमाडौंमा चलिरहेको थियो । नेपाल सेमिफाईनलमा अफगानिस्तानविरुद्व खेल्दै थियो । नेपाल एक शुन्यले पछाडी थियो ।

लगत्तै नेपालले पेनाल्टीको अवसर पायो । नेपाललाई खेलमा फर्कन राम्रो अवसर मिलेको थियो । पहिलो रोजाईका राजु तामाङ मैदान बाहिर निकालिएका थिए । अब पेनाल्टी हान्ने पालो रोहितको आयो ।

रोहितको प्रहारलाई विपक्षी गोलकिपरले पहिल्यै ठम्याउन सफल भए । रोहितको पेनाल्टीलाई गोलकिपरले सहजै बचाउ गरे ।
तर नेपालले पुन दोस्रो मौका पायो ।

पेनाल्टी प्रहार अघि खेलाडी अघि बढेको भन्दै रेफ्रीले दोस्रो पटक पेनाल्टीको अवसर दिए ।

पहिलो पेनाल्टी मिस गरेका रोहित नर्भस भईसकेका थिए । उमेर र अनुभवले काँचै रहेका रोहितको दोस्रो पेनाल्टी प्रहार बतासिन पुग्यो ।

खेल नेपालले १-० ले हार्यो । नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो । त्यो खेलको एकमात्र भिलेन रोहित बने ।

रोहितविरुद्व फु्टबल समर्थकले चार्को नाराबाजी गरे । ज्यान मार्ने धम्की दिए । कत्ति दिन रोहित बाहिर निस्किन सकेनन् । उनी निकै चिन्तामा डुब्न पुगेका थिए । रोहितको मनोबल निकै गिरेको थियो । उनी निकै हतास देखिन्थे । भाईको विग्रदो अवस्था देखेर दाजु रविनले अभ्यास र ट्रायलका लागि भाईलाई डेनमार्क पठाउने व्यवस्था मिलाए ।

करिब दुई महिना उनले डेनमार्कमा खेल्ने मौका पाए । रोहितको खेल्ने शैलीमा केही परिवर्तन आयो । त्यो समय डेनिस क्लबले रोहितलाई रिजर्भ टिममा अफर गरेको थियो । तर ६ महिनामा तीन, चार खेल मात्र खेल्ने प्रस्ताव रविनिले अस्विकार गरिदिए ।

दाजु-भाईको सम्बन्ध

रोहितको फुटबल करियर दाजु रविन बिना अपुरो देखिन्छ । सम्बन्धले दाजु भाई भएपनि फुटबलको भावनाले दुवै जना झनै नजिकिएको रविन मान्छन् ।

रोहित हरेक कुरामा दाजु रविनसंग सल्लाह माग्छन् । उनले आफ्ना बारे निर्णय गर्ने सम्पुर्ण अधिकार दाजुमा सुम्पिएका छन् ।

रोहितको त्यही विश्वासले आफुलाई थप जिम्मेवार र गम्भिर बनाएको रविन बताउँछन् ।

रोहितको जिन्दगीमा रविनले के अर्थ राख्छन् त ?

‘म उसको ‘पर्फेन्ट’ मेन्टर हुँ भन्ने लाग्छ ।’ रविन भन्छन् ।

‘रोहितलाई युवा अवस्थाबाट फुटबल र जिवनमा दिशानिर्देश गर्दै आए । जति पनि सल्लाहा दिए, उसले मान्यो पनि ।’ रविन भन्छन्, ‘समय बित्दै जादाँ फुटबलको भावनाबाट अझ नजिकियौ, जोडियौ । उसले धेरै विश्वास गर्छ, त्यसैले मलाई अझ जिम्मेवारी बन्न प्रेरित गरेको छ ।’

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

Bajaj Pulsar Motorcycle Ad
सन्दीपबिना नै राजशाही च्याम्पियन

सन्दीपबिना नै राजशाही च्याम्पियन

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

पहिलो जितमा भगवतीको ५ गोल

पहिलो जितमा भगवतीको ५ गोल

आर्मीले सहजै जित्यो

आर्मीले सहजै जित्यो

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

भिल्लामा सान्चोको पहिलो गोल

भिल्लामा सान्चोको पहिलो गोल

 पेड्री एक महिना मैदानबाहिर

पेड्री एक महिना मैदानबाहिर