एजेन्सी । जर्मनीका एन्जेलिक केर्बेरले महिलातर्फ यो बर्षको ग्राण्डस्लाम प्रतियोगिता विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् ।
शनिबार भएको फाइनलमा पुर्व विश्व नम्बर एक अमेरिकी खेलाडी सेरेना विलियम्सलाई हराएर केर्बरले उपाधि जितेकी हुन् ।
सेन्टर कोर्टमा ११ औं बरियताकी केर्बरले २५ औं बरियताकी सेरेनालाई ६-३ र ६ -३ को सोझो सेटमा पराजित गरे । केर्बरको यो करियरको तेस्रो ग्राण्डस्लाम उपाधि हो । ३० बर्षिय केर्बरले यसअघि युएस ओपन र अष्ट्रेलियन ओपन जितेकी थिइन् ।
योसंगै २४ पटक ग्रान्डस्लाम जित्ने सेरेनाको सपना सकिएको छ ।