एजेन्सी । आठौं बरियताका दक्षिण अफ्रिकी खेलाडी केभिन एण्डरसन विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको खेलमा अमेरिकाका जोन इस्नरलाई हराएर एण्डरसनले फाइनल यात्रा तय गरेका हुन् ।
सेन्टर कोर्टमा भएको रोमान्चक खेलमा एण्डरसनले इस्नरलाई ७-६, ६-७, ६-७,६-४ र २६-२४ ले पराजित गरे । नवौं बरियताका इस्नरलाई हराउन एण्डरसनलाई ६ घण्टा ३५ मिनेट लागेको थियो । र, यो खेलमा नयाँ किर्तिमान समेत बनेको छ । यो खेल टेनिस इतिहासकै सबैभन्दा लामो सेमिफाइनल खेलको किर्तिमान बनेको हो ।
यो जितसंगै एण्डरसन ९७ बर्षपछि विम्बल्डनको फाइनल पुग्ने पहिलो दक्षिण अफ्रिकी खेलाडी बनेका छन् । यसअघि सन् १९२१ मा दक्षिण अफ्रीकाका ब्रियन नोर्टनले फाइनल खेलेका थिए ।
कीर्तिमानी खेलमा जित निकालेका एण्डरसनले अब उपाधिका लागि राफायल नाडाल र नोभाक जोकोभिचबीचको बिजेतासंग खेल्ने छन् ।
दोस्रो बरियताका नाडाल र १२ औं बरियताका जोकोभिचबीच सेमिफाइनल खेल खराब लाइटको कारण स्थगित गरिएको छ । खेल स्थगित हुनुअघि जोकोभिच ६-४,३-६ र ७-६(११-९) ले अघि रहेका छन् ।