काठमाडौं । पाँचौ एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
जोर्डनमा अर्को साता आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट २ महिला र १ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
जोर्डनको अमानमा जुलाई १८ मा हुने प्रतियोगितामा नेपालबाट पलेशा गोवर्धनले महिला ५८ केजीको के-४४ क्याटेगोरी र रन्जना धामीले महिला ४९ केजीको के-४४ क्याटेगोरीमा प्रतिस्पर्धा गर्ने छन् ।
पलेशाले भियतनाममा भएको चौंथो संस्करणको प्रतियोगितामा कास्य जितेकी थिईन् । रन्जनाले लण्डनमा सम्पन्न सातौं विश्व पारा तेक्वान्दोमा कास्य जितेकी थिईन् ।
यस्तै पुरुषतर्फ राम बहादुर अधिकारीले ६१ केजीको क-४२ क्याटेगोरीमा प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली टोलीको प्रशिक्षकमा राजेन्द्र खत्री र टिम हेडमा चन्द्र प्रसाद गौतम रहेका छन् ।
नेपाली टोलीलाई शनिबार नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भान बहादुर चन्दले विदाई गरे ।