पोखरा । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा भएको बक्सिङ र टेबल टेनिस प्रतियोगितामा कास्की र रुपन्देही टिम च्याम्पियन बनेका छन ।
पश्चिमाञ्चल क्षेत्रिय स्तरिय बक्सिङमा कास्की जिल्लाले कुल ६ स्वर्ण र १ रजत सहित टिम च्याम्पियन बनेको हो भने टेबल टेनिसमा ४ स्वर्ण र २ रजत सहित रुपन्देही टिम च्याम्पियन बनेको हो । सम्पन्न बक्सिङ प्रतियोगितामा नवलपरासीले १ स्वर्ण प्राप्त गरि दोश्रो भयो भने टेबल टेनिसमा कास्कीले १ रजत र ६ काश्य सहित दोश्रो भयो ।
बक्सिङमा महिला तर्फ कास्कीकी शिसम थापा मगर उत्कृष्ट खेलाडी घोषित भइन । ६० केजी तौल समुहकी थापाले रुपन्देहीकी संगिता दंगाललाई पराजित गरेकी थिइन । यसै गरि पुरुष बक्सिङमा कास्कीका केशर बहादुर नेपाली उत्कृष्ट खेलाडी घोषित भए ।
महिला टेबल टेनिसमा नवलपरासीकी प्रमिशा न्यौपाने र पुरुष तर्फ स्याङजाका नबिन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । बिहिबार सम्पन्न फाइलमा बक्सिङको ४९ केजी तौलमा नवलपरासीका सुरज गुरुङले कास्कीका विष्णु गौतमलाई पराजित गरे भने ५२ केजी तौल तर्फ कास्कीका केशर बहादुर नेपालीले नवलपरासीका अमिर गुरुङलाई पराजित गरे ।
यसै ५६ केजी तौल तर्फ कास्कीका जेनिश गुरुङले बाग्लुङका राजन श्री मगरलाई र ६० केजीमा कास्कीका दिनेश बानियाले नवलपरासीका छबिराज बोहोरालाई फाइनल प्रतिष्पर्धामा हराए । ६४ केजी तौलमा कास्कीका अमृत गुरुङले कास्कीकै बिकल तिवारीलाई र ६९ केजी तौलमा कास्कीका युबराज श्रेष्ठलाई कास्कीकै सबिन गुरुङलाई पराजित गरे ।