सेमिफाइनलमा नाडाल र जोकोभिक भिड्ने
बिहिबार, २८ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको क्वाटरफाइनलमा अर्जेन्टिनाका मार्टीन डेल पोट्रोलाई हराउदै नाडालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सेन्टर कोर्टमा भएको खेलमा दोस्रो बरियताका नाडालले पाँचौ बरियताका पोट्रोलाई ७-५,६-७,४-६,६-४ र ६–४ को सेटमा हराए । योसंगै नाडालले ७ बर्षपछि विम्बल्डनको अन्तिम चारमा स्थान पक्का बनाउन सफल भएको छ । १७ पटकको ग्राण्डस्लाम बिजेता नाडालले २ पटक विम्बल्डन टेनिसको उपाधि हात पारेका छन् ।
अब नाडालले फाइनल प्रवेशको लागि सर्बियाका नोभाक जोकोभिकसंग खेल्नेछ । १२ पटकको ग्राण्डस्लाम बिजेता जोकोभिक जापानका केई निशिकोरीलाई हराएर सेमिफाइनलमा पुगिसकेको छ ।








-1771342965899.jpeg&w=3840&q=75)





-1771251202949.avif&w=3840&q=75)
