एजेन्सी । विश्व नम्बर एक स्विस खेलाडी रोजर फेडेरर विम्बल्डन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।
बुधबार भएको क्वाटरफाइनलमा दक्षिण अफ्रिकाका केभिन एण्डरसनसंग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।
सेन्टर कोर्टमा साबिकको बिजेता समेत रहेका फेडेरर आठौं बरियताका एण्डरसनसंग ६-२,७-५,५-७,४-६ र ११-१३ को सेटमा पराजित भए ।
सुरुवाती दुई सेट लगातार गुमाएपनि एण्डरसनले २० पटकको ग्राण्डस्लाम बिजेता फेडररलाई हराउन सफल भए । फेडेररविरुद्ध जित निकाल्न एण्डरसनले ४ घण्टा १३ मिनेट लगाए ।
एण्डरसनले फाइनल प्रवेशको लागि जोन इस्नरसंग खेल्ने छन् ।