चेन्नईको कप्तानी ऋतुराजले गर्ने
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सको कप्तानी ऋतुराज गायकवाडले गर्ने भएका छन्। चेन्नईले बिहीबार गायकवाडलाई कप्तानमा नियुक्त गरेको हो।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सको कप्तानी ऋतुराज गायकवाडले गर्ने भएका छन्। चेन्नईले बिहीबार गायकवाडलाई कप्तानमा नियुक्त गरेको हो।
यू–१९ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका दक्षिण अफ्रिका मध्यम गतिका बलर क्वेना माफाकाले मुम्बई इन्डियन्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्।
महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स गत सिजन पाँचौँ पटक इन्डियन प्रिमियर लिग (आईपीएल) जित्न सफल भएको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अध्यक्ष ग्रेग बार्कले नेपालले क्रिकेट पूर्वाधार विकासमा अझै जोड दिनुपर्ने बताएका छन्।
क्रिकेट अस्ट्रेलियाले द्विपक्षीय शृंखला स्थगित गरेकोमा अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले निराशा व्यक्त गरेको छ। अस्ट्रेलिया सरकारलाई क्रिकेट बोर्डमा आफ्ना नीतिहरू नथोपार्न एसीबी अपिल गरेको छ। ‘बरु अस्ट्रेलिया सरकारले अन्य क्षेत्रमा क्रिकेटको विकासमा ध्यान दिनुपर्छ,’ एसीबीले विज्ञप्तिमा भनेको छ।
श्रीलंकाली स्पिनर वानिन्दु हसरंगालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कारबाही गरेको छ। बंगलादेशविरुद्धको शृंखलाअन्तर्गत अन्तिम एक दिवसीय खेलमा आईसीसी आचारसंहिताको धारा २.८ उल्लंघन गरेको भन्दै उनलाई कारबाही गरिएको हो। योसँगै भरखरै सन्न्यास फिर्ता लिएर टेस्ट क्रिकेटमा फर्किएका उनले बंगलादेशविरुद्धको दुई खेल गुमाउने भएका छन्।
वानिन्दु हसरंगा श्रीलंकाली टेस्ट क्रिकेट टोलीमा फर्किएका छन्। बंगलादेशविरुद्ध शुक्रबारदेखि शुरू हुने दुई खेलको टेस्ट शृंखलाका लागि उनी सन्न्यास फिर्ता लिएर टोलीमा फर्किएका हुन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ शुरू हुन केही दिन मात्र बाँकी छ। १७औँ संस्करणको पहिलो खेल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैँग्लोरबीच मार्च २२ मा हुनेछ।
अर्णभ पटेलले ५ विकेट लिएसँगै केन्याले अफ्रिका गेम्समा दक्षिण अफ्रिकालाई पराजित गरेको छ। केन्याले दक्षिण अफ्रिकालाई ७० रनले पराजित गरेको हो। केन्याले दिएको १४२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५ ओभरमा ७१ रनमै समेटियो।
नेरीले २००७ को एसीसी महिला च्याम्पियनसिपमार्फत् नेपाली महिला राष्ट्रिय टोलीको कप्तानी गरेकी थिइन्। यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता थियो। पहिलो सहभागितामै नेपाली महिला टोली फाइनलमा पुगेको थियो। तर, बंगलादेशसंग पराजित हुँदै उपविजेता बनेको थियो।