सोमबार, २९ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

चेन्नाईलाई चोटको पीडा

मंगलबार, ०६ चैत्र २०८०खेलपाटी संवाददाता
चेन्नाईलाई चोटको पीडा
Classic Tech Internet Ad

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ शुरू हुन केही दिन मात्र बाँकी छ। १७औँ संस्करणको पहिलो खेल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैँग्लोरबीच मार्च २२ मा हुनेछ। 

यस अवधिमा सबैको नजर चेन्नईमा हुनेछ, जो आफ्नो उपाधि रक्षा गर्ने उद्देश्य साथ प्रतियोगिताको शुरूआत गर्दैछ। 

तर, आईपीएल शुरू हुनुअघि नै खेलाडीको चोटको समस्या चेन्नईले झेलिरहेको छ। यो समस्या कम हुने संकेत देखिएको छैन। यही सूचीमा थपिएका छन्, बंगलादेशका फास्ट बलर मुस्ताफिजुर रहमान।

श्रीलंका र बंगलादेशबीच चटगाउँमा खेलिएको तेस्रो एक दिवसीय खेलमा मुस्ताफिजुर गम्भीर चोट बोक्न पुगेका थिए। ४२औँ ओभरमा मुस्ताफिजुर बलिङ गर्न आउँदा क्र्याम्पका कारण समस्यामा परेका थिए। त्यो ओभरको अन्तिम बल बलिङ गरेपछि उनी भुइँमा ढले।

त्यसपछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो। ४८औँ ओभरमा मुस्ताफिजुर फेरि बलिङ गर्न आएका थिए तर पहिलो बलमा उनलाई बलिङ गर्न समस्या देखिएको थियो।

त्यसपछि उनले छोटो रनअपका साथ बलिङ गर्ने प्रयास गरेका थिए। तर, बल वाइड गएको थियो। त्यसपछि उनले बलिङ नगर्ने निर्णय गरे। यद्यपी उनको चोटको गम्भीरता भने पुष्टि हुन सकेको छैन।

मुस्ताफिजुर चोटग्रस्त टोलीका एक्ला खेलाडी होइनन्। उनीअघि न्युजिल्यान्डका डेभोन कोन्वे र श्रीलंकाका फास्ट बलर मथिशा पाथिराना पनि घाइते छन्। श्रीलंका र बंगलादेशबीचको दोस्रो टी२० खेलमा पाथिराना ह्यामस्ट्रिङको सिकार भएका थिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य