काठमाडौं। इङ्ल्यान्डका मध्य गतिका बलर क्रिस जोर्डनले आइसिसी ट्वान्टी–२० विश्वकपमा ह्याट्रिक विकेट लिएका छन्।
सुपर एटअन्तर्गत अमेरिकासँगको खेलमा उनले ह्याट्रिक विकेट लिएका हुन्। उनले १९औं ओभरको तेस्रो बलमा अली खान, चौथो बलमा नोस्थुश केनजिगे र पाँचौं बलमा सौरभ नेत्रवलकरको विकेट लिएका हुन्।
जारी विश्वकपमा ह्याट्रिक विकेट लिने उनी दोस्रो बलर हुन्।
यसअघि अस्ट्रेलिया तीव्र गतिका बलर प्याट कमिन्सले बंगलादेश र अफगानिस्तानसँगको खेलमा ह्याट्रिक विकेट लिएका थिए।