काठमाडौँ। कप्तान ऋषभ पन्तको ४३ बलमा अविजित ८८ रनको सहयोगमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सविरुद्ध ४ विकेटको क्षतीमा २२४ रन बनाएको थियो। कुनै बेला दिल्लीले ४४ रनमा ३ विकेट गुमाएको थियो। तर, अक्षर पटेल र पन्तले चौथो विकेटका लागि ६८ बलमा ११३ रनको शतकीय साझेदारी गर्दै दिल्लीलाई खेलमा फर्काएका थिए।
पन्तले अन्तिम ५ ओभरमा निकै छिटो खेलेको थियो। दिल्लीले अन्तिम ५ ओभरमा ९७ रन बनाएको थियो। अक्षरले ६६ रन बनाए, जुन आईपीएलमा उनको उच्चतम स्कोर हो। यता, पन्तले आफ्नो इनिङ्समा ५ चौका र ८ छक्का प्रहार गरे।
आफ्नो इनिङ्समा पन्तले टी-२० खेलमा बलरविरुद्ध सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएका छन्। २६ वर्षीय पन्तले अनुभवी भारतीय फास्ट बलर मोहित शर्माको बलमा ७ चौका र ३ छक्कासहित १८ बलमा ६२ रन बनाए।
यो विश्वभरको कुनै पनि टी-२० खेलमा कुनै पनि ब्याट्सम्यानले बलरविरुद्ध बनाएको सबैभन्दा धेरै रन मात्र होइन, एकै इनिङ्समा बलरविरुद्ध ६० प्लस रन बनाउने पहिलो कीर्तिमान पनि हो।
योसँगै पन्त आईपीएल इतिहासमा विराट कोहली (उमेश यादव) र हासिम अमला (लसिथ मालिंगा) पछि एक बलरविरुद्ध ५० प्लस रन बनाउने पहिलो खेलाडी बनेका छन्। पन्त लिगको १७ सिजनको इतिहासमा आईपीएल खेलमा बलरविरुद्ध ५० प्लस रन बनाउने तेस्रो खेलाडी हुन्।