काठमाडौँ। एसीसी प्रिमियर कपको उपाधिका लागि साविक उपविजेता यूएई र ओमान भिड्दै छन्।
अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा हुने खेल नेपाली समयअनुसार आइतबार अपरान्ह्र ४: १५ बजेबाट शुरू हुने छ।
पहिलो सेमिफाइनलमा यूएई नेपाललाई ६ विकेटले पराजित गर्दै उपाधिनजिक पुगेको हो। यस्तै, ओमानले भने दोस्रो सेमिफाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्यो।
यी दुई टोली एकै समूहमा थिए। समूह बी को तेस्रो खेलमा ओमानले यूएईलाई ९ विकेटले पराजित गरेको थियो।
ओमान शतप्रतिशत जितसहित विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। यूएई भने उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।