काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड उल्भ्सले घरेलु टोलीलाई १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको आयरल्याण्ड उल्भ्सले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको हो ।
आयरल्याण्ड उल्भ्सलाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेल, गुलसन झा र ललित राजवंशीले समान २ विकेट लिएका छन् ।
करन केसी र कुशल मल्लको नाममा समान एक एक विकेट रह्यो ।
आयरल्याण्ड उल्भ्सका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान गरे । थोमस मेयर र लियाम मेक्कार्थीले समान १६ रन बनाए । फिओन हाथले ११ रन बनाए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपाल भ्रमणमा रहेको आयरल्याण्ड उल्भ्ससँग नेपालको सिनियर टिमले दुई टी ट्वान्टी खेल्नेछ । त्यस्तै नेपाल एले तीन टी ट्वान्टी सिरिज र तीन वान डे सिरिज खेल्नेछ ।