काठमाडौं । तीव्र गतिका बलर प्रतिश जी.सीले आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत पपुपा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका छन् ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा तीव्र गतिका बलर प्रतिशले पपुवा न्युगिनी विरुद्ध डेब्यू गरेका हुन् ।
प्रतिश नेपालबाट एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७ औं खेलाडी हुन् ।
पहिलो पटक राष्ट्रिय टिममा परेका प्रतिशले पहिलो खेलमा नै डेब्यु गरेका हुन् ।
तीव्र गतिका बलर प्रतिशले बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गरेका छन् ।