काठमाडौं । अष्ट्रेलियाका ब्याटर डेबिड वार्नरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सको कप्तानी गर्ने भएका छन् ।
१६ औं संस्करणको आईपीएलमा दिल्लीको कप्तानी वार्नरले गर्ने दिल्लीले जानकारी दिएको छ ।
दिल्लीका कप्तान एक दुर्घटनामा घाईते भएर आईपीएल गुमाउने भएपश्चात वार्नरलाई कप्तान बनाईएको हो ।
सनराईजर्स हैदराबादलाई २०१६ डेविड वार्नरले कप्तानीमा उपाधि जितेको थियो ।
१६ औ संस्करणको आईपीएल ३१ मार्चदेखि सुरु हुनेछ ।
दिल्लीले लखनउ सुपर जायन्ट्सविरुद्ध १ अप्रिलमा आफ्नो पहिलो खेल खेल्दैछ । खेल लखनउमा हुनेछ ।