काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा अहिले भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गरिरहेका छन् ।
टियु क्रिकेट मैदानमा पोखराले जितका लागि भैरहवालाई २१६ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ । पोखराले दिएको २१६ रनको फराकिलो लक्ष्यसहित भैरहवाले केहि बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभरमा ५ विकेट गुमाएर २१५ रनको फराकिलो स्कोर खडा गर्यो । जारी ईपीएलको यो सर्वाधिक ठुलो स्कोर हो ।
पोखराको उच्च स्कोरमा दक्षिण अफ्रिकन खेलाडी रिचर्ड लेभीले ७९ रनको अर्धशतकीय इनिङस खेले । विस्फोटक ब्याटिङ गरेका लेभीले ३६ बलमा ७ चौका र ७ छक्का प्रहार गरे । यस्तै केली जेम्स कोट्जरले ४७ रन जोड्दा सुनील धमलाले ३८ रन जोडे ।
भैरहवाका कृष्ण कार्की, रायन टेन, अविनास बोहोरा र पुनित मेहेराले एक एक विकेट लिए ।