काठमाडौं । नेपाल एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा यथावत रहेको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको हो ।
नयाँ वरीयतामा विश्वविजेता इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार मात्र भारतसँग एकदिवसीय सिरिज गुमाएको न्युजिल्याण्ड भने दोस्रो स्थानमा झरेको छ ।
तेस्रो स्थानमा भारत रहँदा चौंथो स्थानमा अष्ट्रेलिया रहेको छ ।
पाँचौ स्थानमा पाकिस्तान तथा छैठौं स्थानमा दक्षिण अफ्रिका रहेको छ ।
यस्तै बंगलादेश सातौं,श्रीलंका आठौं, अफगानिस्तान नवौं र वेस्ट इन्डिज दशौँ स्थानमा रहेको छ ।