काठमाडौं । आयरल्याण्डका कप्तान एन्डी बालबर्नीले जिम्बाबेविरुद्धको एकदिवसीय सिरिज गुमाउने भएका छन् ।
तीन खेलको सिरिजमा बुधबार भएको पहिलो खेलका क्रममा टाउकोमा चोट लागेको थियो । बालबर्नीको स्थानमा बायाँ हाते ब्याट्सम्यान मुर्रे कमिन्सलाई पहिलो पटक टोलीमा समावेश गरिएको छ ।
बाँकी खेलका लागि पउल स्टर्लिङलाई कप्तानको जिम्मेवारी दिइएको छ ।
टी–ट्वान्टी सिरिज २-१ ले गुमाएको आयरल्याण्डले पहिलो एकदिवसीय खेलमा पनि तीन विकेटको हार बेहोरेको थियो । दोस्रो र तेस्रो एकदिवसीय खेल जनवरी २१ र २३ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ ।