काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले भारतविरुद्धको पहिलो एकदिवसीय खेल जितेको छ ।
न्युजिल्याण्डले शुक्रबार भारतलाई ७ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
पाहुना टोलीले दिएको ३ सय ७ रनको लक्ष्य घरेलु टोलीले १७ बल बाकीँ रहदै ३ विकेट गुमाएर पूरा गर्यो ।
न्युजिल्याण्डका लागि टोम लेथमले १ सय ४ बलमा १९ चौका तथा ५ छक्काको सहयोगमा अविजित १ सय ४५ रनको शतकीय ईनिङ खेले ।
कप्तान केन विलियम्सले ९८ बलमा अविजित ९४ रनको अर्धशतकीय ईनिङ खेले । डेभोन कन्वेले २४ तथा फिना एलेनले २२ रन बनाए ।
भारतका लागि उमरान मल्लिकले २ तथा शार्दुल ठाकुरले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ६ रन बनाएको थियो ।
भारतका लागि कप्तान शिखर धवन,शुभमन गिल र श्रेयर एयरले अर्धशतक बनाए । अय्यरले ७६ बलमा ८०,कप्तान धवनले ७७ बलमा ७२ तथा ओपनर गिलले ६५ बलमा ५० रन बनाएका थिए ।
वासिङ्टन सुन्दरले १६ बलमा ३ चौका तथा ३ छक्काको सहयोगमा ३७ रन जोडेका थिए । सन्जु सामसन ३६ तथा रिषभ पन्त १५ रनमा आउट भएका थिए ।
घरेलु टोलीका लागि टिम साउदी र लक्की फर्गुसनले समान ३/३ तथा एडम मिल्नीले १ विकेट लिएका थिए ।
दुई टोलीबीचको दोस्रो एकदिवसीय आईतबार हुनेछ ।