काठमाडौं । पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल)मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आबद्ध ग्वादार शार्कले पहिलो हार व्यहोरेको छ ।
शार्कले पहिलो हार व्यहार्नेक्रममा शुक्रबार बाहवाला रोयल्ससँग ८ विकेटले पराजय व्यहारेको हो ।
पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा भएको खेलमा शार्कले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको रोयल्सले १४ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
रोयल्सको जितमा शवाज ईफ्रानले अविजित ५१ रनको अर्धशतकीय ईनिङ खेले । मोहम्मद आरिफले ४१ तथा बासित अलिले २४ रन बनाए ।
शार्कका लागि अराफत मिनासले १ विकेट लिए । पहिले ब्याटिङ गरेको शार्कले २० ओभरमा ८ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । शार्कका हसिम नजिबले २६ रन तथा डानियल ईब्राहिमले अविजित २५ रन बनाए । साद मसुदले २० तथा अराफात मिनासले १२ रन बनाए ।
रोयल्सका लागि साजित अलि,मोहम्मद जिशान र नानगियालिय खारोटीले समान २/२ विकेट लिए । मोहम्मद आरिफले १ विकेट लिए । पहिलो हार व्यहोरेको शार्क ४ खेलमा ६ अंक सहित दोस्रो स्थानमा झरेको छ ।
जितसँगै रोयल्स समान ३ अंकमा रहे पनि रन रेटमा अघि रहँदै शीर्ष स्थानमा उक्लिएको छ ।
यस खेल कुशलले भने खेलेका थिएनन् । पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो ।
१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् । कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए ।
कुशल यसअघि यूएईमा आयोजना भएको टी-१० लिगमा समेत सहभागीता जनाईसकेका छन् ।