काठमाडौं । पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आबद्ध ग्वादार शार्कले आफ्नो चौथो खेल आज शुक्रबार खेल्दैछ ।
शार्कको चौथो खेल बाहवालपुर रोयल्ससँग नेपाली समयअनुसार साँझ ६:४५ मा रहेको छ । खेल पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा हुनेछ । शार्क यो खेलमा पनि सहज जित निकाल्दै प्लेअफमा प्रवेश गर्न चाहान्छ । शार्क लगातार चौथो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा शार्कले रावलपिण्डी राईडर्सलाई,दोस्रो खेलमा हैदराबादलाई तथा तेस्रो खेलमा गुजरनवाला जाईन्ट्सलाई पराजित गरेको थियो। तिनै खेलमा कुशल भने बेन्चमा रहेका थिए । यता, रोयल्स भने चौथो खेलमा तेस्रो जितको खोजीमा रहेको छ ।
तीन जितका साथ शार्क अंकतालिकाको र्शीष स्थानमा रहेको छ । पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो । तर, अघिल्ला दुबै खेलमा कुशल बेन्चमा रहेका थिए । १८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए । कुशल यस अघि यूएईमा आयोजना हुने टी-१० लिगमा समेत सहभागीता जनाईसकेका छन् ।