पथरी । पथरीमा जारी तेश्रो पथरी शनिश्चरे प्रिमियर लिग अन्तर्गत बिहीबार क्लसिक एलाभेन हसन्दह र किर्तिपुर सात बाघ विजयी भएका छन् ।
हसन्दहले वुद्ध युनाइटेडलाई ४ विकेट र सात बाघले विरेन्द्रनगर स्टिललाई समान ४ विकेटले पराजित गरे ।
पहिलो खेलमा विरेन्द्रनगरले दिएको ९५ रनको लक्ष्यलाई १८ ओभर १ बलमा पूरा गर्यो । टस हारेर ब्याटिङमा उत्रिएको विरेन्द्रनगरले १८ ओभर ३वलमा अल आउट हुदै ९५ रन जोड्यो ।
रेवत थक्सुले ३३ र अजित पैक्राले १४ रन जोडन वाहेक अन्य खेलाडीले दोहोरो रन जोडन सकेनन् । विरेन्द्रनगरलाई सस्तैमा समेटन सात बाघका अनिस लुइटेलले ७ रन खर्चेर ३ विकेट लिए । आश्विन महतले २ विकेट लिदा केलिन राई,रहर लामा र दिपेश भण्डारीले समान १÷१ विकेट लिए ।
जवाफी ब्याटिङ थालेको सात बाघले १८ ओभर १ वलमा पूरा गर्दा ६ विकेट गुमायो । सात बाघका केलिन राईले १८ बलमा ३८ रन प्रहार गर्दै टिमलाई जित दिलाए । यस्तै निधित राईले २२ र रहर लामाले ११ रन बनाए ।
विरेन्द्रनगरका दिपक नेपाली र आभाष पाहिमले २÷२ विकेट लिए भने पशुपती दाहाल र मुरारी खनालले १÷१ रन वनाए । खेलको म्यान अफ दि म्याच केलिन राई घोषित भए ।
सोलोमन राईको अर्घसतिकय प्रर्दशनले हसन्दहले दोश्रो जित गर्यो । वुद्धको यो पहिलो हार हो । दोश्रो खेलमा वुद्ध युनाइटेडले दिएको १२१ रनको लक्ष्य हसहन्दले १९ ओभरमा पूरा गर्यो ।
वुद्धले २० ओभरमा १२० रन बनायो । वुद्धका लागी राकेश राईले ३७ रन वनाउदा राजकुमार मगर,आशुतोष थापा र कमल थापाले समान १८ रनको योगदान गरे ।
हसन्दहका सुजन खत्रीले ४ तथा वुद्ध मगर सजिव धिमाल र सोलोमन राईले १÷१ विकेट लिए ।
सोलोमन राईले अविजित ५० रन वनाउदा वुद्ध आले मगरले २२ रनको योगदान गरे । वुद्धका राजु राईले २ तथा अनिस तामाङ र सविन अधिकारीले समान १÷१ विकेट लिए ।
सोलोमन म्यान अफ दि म्याच घोषित भए ।