विराटनगर । साफ च्याम्पियनसिपको दोस्रो खेलमा माल्दिभविरुद्व भारतले प्रभाव जमाएको छ । विराटनगरको सहिद रंगशालामा भारतले पहिलो हाफको खेल चलिरहदाँ ४–० को अग्रता लिएको हो ।
उसले आठौं मिनेटमा खेलमा अग्रता बनाएको थियो । माल्दिभ्सका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई भारतकी ग्रेस डाङमीले गोलकिपरलाई बिट गर्दै गोल गरेकी थिईन् ।
१३ औ मिनेटमा मिडफिल्डर ग्रेसको पासलाई सदुपयोग गर्दै फरवार्ड सन्धिया रङ्गनाथले भारतको अग्रतालाई दोब्बर बनाईन् ।
२२ औ मिनेटमा ईन्दुमती काथिरसेनले कडा प्रहार गोलकिपरले बचाउन सकिनन् । गोलकिपरले पञ्च गरेको बलले सिधै पोस्टको दिशा लिएको थियो ।
२७ औ मिनेटमा सञ्जुले डिबक्सभित्रबाट प्रहार गरेको बलमा गोलकिपर मुखदर्शक रहिन् ।
समुह बीको पहिलो खेलमा दुवै टोली मैदान उत्रिएका हुन् ।
दुवै टोली सहज जित निकाल्दै सेमिफाईनल यात्रा तय गर्न चाहन्छन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ३–० ले हराएको थियो ।