काठमाडौँ। विभागीय टोली एपीएफ क्लबले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार सम्पन्न खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–२ को सेटमा पराजित गरेको हो।
एपीएफले नेपाल आर्मीलाई २५–२३, २५–२३, १३–२५, १४–२५ र १५–९ ले पराजित गर्यो। एपीएफकी निरुता ठगुन्ना ‘प्लेयर अफ दी म्याच’ घोषित भइन्। दुई खेलमा आर्मीको भने लगातार हार हो। पहिलो दिन बुधवार आर्मी न्यू डायमन्डसँग ३–१ ले पराजित भएको थियो।