काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लब आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा कोशी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो।
पुलिसले पहिलो सेट २५-१३ ले जितेको थियो। त्यसपछि २५-१६, २५-१३ ले जित्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गर्यो। फाइल प्रवेशका लागि पुलिसले अर्को विभागीय क्लब आर्मीसँग खेल्ने छ।
बिहीबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो।
पहिलो सेट २५-१९ ले जितेको आर्मीले दोस्रो सेट भने २२-२५ ले गुमाएको थियो। तर, त्यसपछि पुनरागमन गर्दै आर्मीले २५-२३, २५-१७ को सेटमा खेल जित्यो।