सफ्ट टेनिस : सेमिफाइनलका खेल सम्पन्न
पोखरा रंगशाला स्थित टेनिस कोर्टमा भएको उक्त प्रतियोगिता अन्तर्गत पुरुषतर्फ प्रदेश नं. १ का युकेश योञ्जनले वाग्मती प्रदेशका निर्मल स्थापितलाई ४–० तथा वाग्मती प्रदेशका प्रदीप खत्रीले लुम्वीनी प्रदेशका सुरज चौधरीलाई ४–२ सेटले पराजित गरे ।














