टुओम्बा। अस्ट्रेलियाको क्विन्सल्यान्ड टुओम्बास्थित ‘टुओम्बा नेप्लिज फुटबल क्लब’को दोस्रो बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ।
टुओम्बामा भएको ‘टीएनफसी एजीम, गाला डिनर एन्ड अवार्ड्स नाइट’बाट कृष्ण राम अवालकै नेतृत्वमा क्लबले नयाँ कार्यसमिति चयन गरेको हो।
क्लबको अध्यक्षमा अवालले नै निरन्तरता पाउँदा उपाध्यक्षमा राजु काप्री, राजकुमार भगत सचिव, बिपिन अधिकारी संयुक्त सचिव, कोषाध्यक्ष विक्रम सापकोटा, संयुक्त कोषाध्यक्ष शैलेस थापा र मिडियामा धिरज दाहाल चयन भएका छन्।
यस्तै, सक्रिय सदस्यमा माधव अधिकारी, विमल श्रेष्ठ, प्रमिस भुजेल र सुदीप अधिकारी तथा सल्लाहकार विजय ज्ञवाली, राज नगरकोटी, पुकार घिमिरे, अम्रित थापा, मनोज खड्का, खगेन्द्र अर्याल र रिकेश श्रेष्ठ छन्।
विद्यार्थी, व्यवसाय तथा विभिन्न प्रयोजनका लागि अस्ट्रेलियाको टुओम्बामा रहेका नेपालीबीच भाइचारको सम्बन्ध स्थापित गर्ने लक्ष्यले सुरु भएको टीएनफसीले सन् २०२० देखि औपचारिक फुटबल क्लबको स्वरुप लिएको मिडिया अफसर धिरज दाहालले बताए।
हालसम्म क्विन्सल्यान्ड भित्र हुने गरेका विभिन्न प्रतियोतिगामा सहभागी हुँदै आएको टीएनएफसीले २०२३–२४ मा फुटबल क्विन्सल्यान्डसँग सहकार्य गरेर बिभिन्न प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको पनि दाहालले जानकारी दिए।
क्लबको साधारण सभापछि वर्ष २०२२र२३ का उत्कृष्ट खेलाडीलाई अवार्ड पनि प्रदान गरिएको थियो। टीएनएफसीको वर्षको उत्कृष्ट गोलकिपरको अवार्ड विक्रम सापकोटा, डिफेन्डर प्रकाश गुरुङ, प्लेमेकर उमेश राई, उदयीमान खेलाडीमा असेस खड्का, उच्च गोलकर्ता असिम थापा, प्लेयर अफ दी इयर सागर गुरुङ र मोस्ट भ्यालुएबल प्लेयर विमल श्रेष्ठ चुनिएका थिए।