धनगढी । पहिलो संस्करणको मृग गार्मेन्ट लिटिल फ्लावर सुपर लिग अन्तरविद्यालय फुटबल प्रतियोगितामा क्रिस्टल एकेडमी र सैनिक आवाशीय माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ ।
लिटल फ्लावर बोडिङ्ग हाईस्कुलको आयोजनामा सुरु प्रतियोगितामा सोमबार क्रिस्टलले आयोजक लिटल फ्लावरलाई १- ० ले पराजित गर्यो । क्रिस्टलको जितमा दीपेन्द्र बोगटीले निर्णायक गोल गरे गरे ।
दोस्रो खेलमा सैनिकले स्टेपिङ स्टोन ईङ्गलिस स्कुललाई ४-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । सैनिकको लागि बिकास पुनले दुई गोल गरे । मिलन रोकाया र सवल स्वारले १/१ गोल गरे ।
तेस्रो खेलमा पन्चोदय मा.बि. धनगढीले हिल वर्ल्ड ईङ्ग्लिस स्कुललाई २-० गोल अन्तरले पराजित गरेको छ । पन्चोदयको जितमा गोकर्ण जोशी र शुशिल बिकले १/१ गोल गरे ।
प्रतियोगितामा कैलाली र कञ्चनपुरका १२ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेताले ३० हजार, उप बिजेताले १५ हजार, उत्कृष्ट खेलाडीले ३ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।