काठमाडौं । आयोजक रोजबड चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बुधबार समूह ‘सी’ को विजेता भयो ।
एक खेल अगावै क्वाटरफाइनल पुगेको रोजबडले आफ्नो लिगको अन्तिम खेलमा समृद्धिलाई ५४–४१ ले पराजित गर्यो । रोजबडका जोन सुनुवारले १९ अंक जोडे । समृद्धि पनि समूह उपविजेताका रुपमा क्वाटरफाइनल पुग्न सफल भयो ।
अर्को खेलमा सीसीआरसीले युनिग्लोबलाई ६३–३९ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गर्यो । सीसीआरसीका निमाले १७ स्कोर गरे ।
बुधबारको खेलसंगै क्वाटरफाइनल समीकरण पनि तयार भयो ।
क्वाटरफाइनल सीसीआरसी र समृद्धि, ह्वाइटहाउस र ट्रिनिटी, टाइम्स र रोजबड तथा जेभियर इन्टरनेसनल कलेज र ज्ञान निकेतनबीच हुने छ ।