काठमाडौं । मेक्सिकोमा हुने दुई कार्यक्रममा सहभागी हुन नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की मेक्सिको जाँदै छन् ।
कार्की जुन १८ देखि २६ तारिखसम्म हुने इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडरेसन (आईएसएफ) वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने छन् । कार्की आईएसएफ टेक्निकल कमिसनका अध्यक्ष हुन् । जुन १९ देखि २४ तारिखसम्म हुने आईएसएफ जेनरल एसेम्ब्ली– २०२३ को कोन्भोकेसनमा पनि कार्की सहभागी हुने छन् ।
कार्कीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार बिदाइ गरे । कार्की मंगलबार मेक्सिको प्रस्थान गर्दै छन् ।