काठमाडौं । बाग्लुङमा पहिलो संस्करणको ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजक ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ युवा क्लबको आयोजनामा हुने प्रतियोगिता असोज २६ देखि कात्तिक २ गतेसम्म हुनेछ ।
प्रतियोगितामा महिला तथा पुरुष नगरपालिका स्तरीय मेयर रनिङ भलिबल, महिला तथा पुरुष छेलो, स्लो बाइक रेस, जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन र जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुनेछ ।
भलिबलको पुरुषतर्फको विजेताले १ लाख र उपविजेताले ६० हजार पाउने छन् । महिलातर्फ विजेताले ६० हजार र उपविजेताले ४० हजार पाउने छन् । छेलोको विजेताले १० र उपविजेताले ५ हजार पाउने छन् । तेक्वान्दोको टिम च्याम्पियनले २० र दोस्रोले १५ हजार पाउने छन् ।
यस्तै प्रतियोगिता दौरान पुर्णिमा मेला समेत हुनेछ । जसमा पन्चेबाजा, नृत्य, रक्सा कस्सा प्रतियोगिताको साथै कृषि प्रदर्शनी हुनेछ ।