काठमाडौं । बद्रीलाल नेपालीले मदन भण्डारी स्मृति प्रदेश ३ स्तरीय र्यापिड बुद्धिचाल प्रतियोगितामा शनिबार पहिलो भएका छन् । उनले २५ हजार नगद पुरस्कार जिते ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित प्रतियोगितामा सविन महर्जन दोश्रो तथा मनीष हमाल तेश्रो भए । सविनले १५ हजार तथा मनीषले १० हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच पुरस्कृत गरे ।