काठमाडौं । चौथो प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभूवन विश्वविद्यालय (टियु) टिम च्याम्पियन बनेको छ ।
शनिबार सम्पन्न प्रतियोगितामा टियु १४ स्वर्ण, ४ रजत र २ कांस्य जित्दै टियु टिम च्याम्पियन बनेको हो ।
पोखरा विश्वविद्यालय ४ स्वर्ण, ३ रजत र ६ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको पूर्वाञ्चल विश्वविद्यालयले १ स्वर्ण र १ कांस्य जित्यो ।
पुरुष÷महिला भलिबल दुवैमा टियुले उपाधिमाथि कब्जा जमायो । पुरुष फाइनलमा टियुले पोखरालाई २५–१०, २५–२३ र २५–१४ को सोझो सेटमा पराजित गर्यो । महिला फाइनलमा टियुले पोखरालाई नै २५–७, २५–९ र २५–४ को सीधा सेटमा हरायो ।
पुरुष फुटबलमा पोखरा पहिलो भयो । फाइनलमा पोखराले टियुलाई २–१ गोलले पाखा लगायो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।