पोखरा । एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५-१ गोल अन्तरले हराउँदै एपीएफ फाइनल पुगेको हो ।
एपीएफको जितमा प्रदिप लामाले २ गोल गरे । नविन लामा, विकु तामाङ र हरि कार्कीले १-१ गोल गरे । सुदुरपश्चिमका लागि कुवेर सिंहले १ गोल फर्काए ।
अब एपीएफले स्वर्ण पदकका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई १-० गोल अन्तरले हराउँदै आर्मी स्वर्ण नजिक पुगेको हो ।