पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला फुटबलमा विभागिय टोली एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफ स्वर्ण नजिक पुगेको हो ।
एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ५६ औं मिनेटमा निर्णायक गोल गरिन् ।
अब उपाधिका लागि एपीएफले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
पुलिसले प्रदेश नम्बर १ लाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।