पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला फुटबलमा विभागिय टोली पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।
नेपाल पुलिस क्लब प्रदेश नम्बर १ लाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलको १३ औं मिनेटमा पुलिस क्लबकी रेखा पौडेलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन । खेलको १९ औं मिनेटमा निर्मला वि.कले दोस्रो गोल गर्दे पुलिसको लागि गोल संख्या दोब्बर बनाएकी थिइन ।
त्यसपछि खेलको ८० औं मिनेटमा निर्मला उपाध्यायले तेस्रो गोल गरिन ।
मंगलबारको दोस्रो खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
फाइनल खेल बिहीबार बिहान हुने तालिका रहेको छ ।