स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार महिला फुटबलको तीन खेल सम्पन्न भएका छन् ।
स्याङजा वालिङ स्थित मालेबगर फुटबल मैदानमा भएको फुटबलको पहिलो खेलमा सावित्रा भण्डारीको दोहोरो ह्याट्रिकको मद्दतमा एपीएफ फुटबल क्लबले सहज जित निकालेको छ ।
खेलमा एपीएफले प्रदेश नम्बर एकलाई ७-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको २३ औ मिनेटमा एपीएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेकी थिईन् भने लगत्तै एकै मिनेटमा प्रदेश नम्बर १ की अन्जना थुलुङ्गे राईले एक गोल गर्दै खेल बराबरीको स्थितिमा पु¥याइन् ।
एपीएफकी सावित्रा भण्डारीले खेलको ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन भने ४५ औ मिनेटमा तेस्रो गोल गरेर ह्याट्रिक पूरा गरिन् ।
यस्तै सावित्राले खेलको दोस्रो हाफमा ५१ औं मिनेट र ५८ मिनेटमा चौँथो र पाँचौ गोल गरिन् ।
खेलको ६० औं मिनेटमा एपिएफकी अनिता केसीले छैटौँ गोल गरेर आफ्नो टोलिलाई अगाडि सारिन् ।
त्यस्तै सावित्रा भण्डारीले ६५ औं मिनेटमा गोल गरेर दोहोरो ह्याट्रिक पूरा गरिन् ।
यस्तै शुक्रबार नै भएको दोसो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै जित दर्ता गरेको हो ।
खेलको ३३ औ मिनेटमा गण्डकी शान्ती नेपालीले पहिलो गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएकी थिईन् । त्यस्तै खेलको ५८ औँ र ६६ औँ मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन ।
शुक्रबारको तेस्रो तथा अन्तिम खेलमा मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश विच प्रतिस्पर्धा भएको थियो ।
निर्धारित समयमा दुबै समुहले गोल गर्न नसकेपछि एक–एक अंक बाँडिएको छ ।