काठमाडौं । विश्व नम्बर दुई जर्मनीका एलेक्सजेण्डर ज्वेभरेभले युएस ओपन टेनिस गुमाउने भएका छन् ।
फ्रेन्च ओपन दौरान बोकेको चोटको कारण उनले युएस ओपन गुमाउने भएका हुन् ।
गत जेठमा राफायल नाडालविरुद्धको सेमिफाइनल खेलमा उनले चोट बोकेका थिए । दोस्रो सेटको खेल दौरान लडेर घाइते भएपछि ज्वेभरेभले खेल त्यागेका थिए ।
२५ वर्षीय ज्वेभरेभ युएस ओपनमा २०२० को उपविजेता हुन् ।
ज्वेभरेभले अब चोटको शल्यक्रिया गर्ने तयारी गरेका छन् ।