काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा शनिबार राति इटालीका लोरेन्जो सोनेगोलाई हराउँदै नाडालले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
दोस्रो वरियताका नाडालले लोरेन्जोमाथि ६-१,६-२ र ६-४ को सेटमा जित निकाले ।
३६ वर्षीय नाडालको यो ३ सय ८ औं ग्रान्डस्लाम जित हो ।
कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।
अब नाडालले नेदरल्यान्ड्सका बोटिक भान डीसँग खेल्ने छन् ।
पुरुषतर्फ नै निक क्रिगोसले स्टेफानोस सित्सिपासलाई पराजित गरे ।
महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेक तेस्रो चरणबाट बाहिरिएकी छिन् ।