काठमाडौं । साविक विजेता तथा सर्बियन नोभाक जोकोभिचले विम्बल्डन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा शुक्रबार राति आफ्नै देशका मिओमिर केमानोभिचलाई हराउँदै जोकोभिचले चौंथो चरणमा स्थान बनाएका हुन् ।
शीर्ष वरीयताका जोकोभिचले मिओमिरमाथि ६-०,६-३ र ६-४ को सेटमा पराजित गरे ।
अब जोकोभिचले चौंथो चरणमा डच खेलाडी टिम भानसँग खेल्ने छन् ।
जोकोभिचको यो ३ सय ३० औं ग्रान्डस्लाम जित हो ।