काठमाडौं । बेलायती महिला टेनिस खेलाडी ईमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् ।
चर्च रोडस्थित सेन्टर कोर्टमा बुधबार राति भएको खेलमा राडुकानु फ्रान्सकी कारोलिन गार्सियासँग पराजित भईन् ।
बेलायती नम्बर एक खेलाडी राडुकानुलाई गार्सियाले ६-३ र ६-३ को सेटले पराजित गरिन् ।
अब गार्सियाले तेस्रो चरणमा झाङ शुईसँग खेल्ने छिन् ।
महिलातर्फ नै एन्जलिक केर्बरले तेस्रो चरणमा स्थान बनाएकी छिन् ।
पुरुषतर्फ बेलायती एन्डी मर्रे पनि दोस्रो चरणबाट बाहिरिएका छन् ।
मर्रेलाई अमेरिकन खेलाडी जोन इस्नरले हराए ।