काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा शुक्रबार राति जर्मनीका एलेक्सजेण्डर ज्वेभरेभबाट वाकओभर पाउँदै नाडाल उपाधि नजिक पुगेका हुन् ।
दोस्रो सेटको खेल दौरान लडेर घाइते भएपछि ज्वेभरेभले खेल त्यागेका थिए ।
कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले पहिलो सेट ७-६ (१०-८) ले जितेका थिए । तर दोस्रो सेट ६-६ को स्थितिमा रहेको थियो ।
क्ले कोर्टका राजा मानिने नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन् । नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् ।