काठमाडौं । गणेशमान फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगिता चैत १५ गते मंगलबारबाट सुरु हुने भएको छ ।
नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रम अन्तर्गत वीर गणेशमान फाउन्डेसन र नेपाल सितोरियो कराते डो संघ शाखा डोजो सतुंगलको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
सतुंगलस्थित डीबी पार्टी भेन्युमा आयोजना हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
दुई दिने प्रतियोगिताको पुरुषतर्फ ५०,५५,६०,६७,७५र ८४ केजी मुनि र माथिको एकल काता र टिम काता गरि ९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फ ४५,५०, ५५,६१ र ६७ केजी मुनि र ६८ केजी माथिको एकल काता र टिम काता गरि ८ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका लागि संयोजक बद्रि नाथ श्रेष्ठको अध्यक्षतामा ५ सदस्सीय समिति गठन गरिएको छ ।
प्रतियोगिताका लागि करिब २२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।